मुख्य सेवाहरू : तथ्य तथ्याङ्क प्रालिले डिजिटल समाचार पोर्टल ‘७६१ खबर डटकम’को पनि औपचारिक प्रशासण सुरु गरेको छ । यो समाचार पोर्टलले संघीय सरकारदेखि ७ वटा प्रदेश सरकार, ७५३ स्थानिय तह, तीनका ६ हजार ७ सय ४३ वडा गरी ७ हजार ५ सय ४ स्थानमा समाचार तथा गतिविधी प्रकाशन गर्नेछ । यसका साथै प्याकेज नं. १ : स्थानीय तहका प्रत्येक गाउँ वडाका लागि आवश्यकताका नागरिक वडापत्र लगायतका ७ प्रकारका सूचना सामग्री तयार गर्ने र माग बमोजिम उपलव्ध गराउने हाम्रो पहिलो कार्यक्रम हो । यो सेवाको नाम सूचना तथा परामर्श सेवा हुनेछ । प्याकेज नं. २ : स्थानीय तहका लागि श्रव्यदृश्य प्रोफाइल रिपोर्ट वनार्इ न्युज २४ टिभि को दैनिक टेलिभिजन कार्यक्रम डेव्लोप्मेन्ट फोरम र जुगल सामुदायिक टिभि मा प्रसारण गर्दै युट्युवमा राख्ने । जनप्रतिनिधिहरुको कार्यकाल समाप्त नहुँदै यो प्रक्रियालाई पुनर्ताजकी राख्ने हाम्रो दोस्रो कार्यक्रम हो । प्याकेज नं. ३ : आधार रेखा सर्वेक्षण (Baseline Survey) गरी वस्तुुगत विवरण (प्रोफाईल) तयार गर्न प्राविधिक सहयोग साथ वस्तुुगत विवरण (प्रोफाईल) उपलव्ध गराउने हाम्रो तेस्रो कार्यक्रम हो । यो सेवाको नाम- आधार रेखा सर्वेक्षण (Baseline Survey)हुनेछ । प्याकेज नं. ४ : समग्र स्थानीय तहका साथै विशेष स्थान, क्षेत्र, सम्भावना अनुसारका विषय विज्ञद्वारा आवधिक योजना बनाउन सहयोग गर्ने ।यो सेवाको नाम विषय विज्ञ सेवा हुेनेछ । प्याकेज नं. ५ : स्थानीय तहका लागि आवश्यक दर्ता- सिफारिसको सफ्टवेयर, मोवाइल एप्स, वेबसाईट र सूचना आदान–प्रदान गर्ने विधुतिय प्रणाली उपलब्ध गराउने हाम्रो पाचौं कार्यक्रम हो ।यो सेवाको नाम हाम्रो....... पालिका दर्ता-सिफारिसका प्रणली हुेनेछ । प्याकेज नं. ६ : स्थानीय तहका विकास निर्माण योजनाका लागि आवश्यक अन्य सवै प्रकारका विषय विज्ञहरुको सवै प्रकारका सेवा उपलव्ध गराउने । यो सेवाको नाम आवधिक योजना तर्जुमा तथा विषय विज्ञ सेवा हुेनेछ ।

हाम्रो बारेमा


धेरै थोरै जति पनि बोल्ने लेख्ने गरौं, सत्य तथ्य तथ्याङ्कको आधारमा गरौं"
यो सत्य तथ्य बोल्ने लेख्ने अभियान पनि हो, यसमा सबै सहभागी बनौं राष्ट्र निर्माणमा सहयोग पुर्याउँ ।

     ‘तथ्य’ र ‘अङ्क’ को समायोजनबाट बनेको तथ्यपरक सूचना नै तथ्याङ्क हो । नेपालको तथ्याङ्कीय इतिहास वि.सं. १९६८ को पहिलो राष्ट्रिय जनगणनाबाट सुरु भएर वि.सं. २००९ र २०११ मा भएका राष्ट्रिय जनगणनादेखि नेपालले अन्तर्राष्ट्रिय मान्यता प्राप्त वैज्ञानिक गणनाविधि प्रयोग गरेको हो । झन् अहिले जस्तो व्यवस्थित र वैज्ञानिक पद्दति स्थापित हुने क्रममा रहेको हाम्रो जस्तो विकासउन्मुख देशका लागि त तथ्याङ्कको आवश्यकता अपरिहार्य छ । गाउँपालिका/नगरपालिकामा सञ्चालन गर्ने आ-आफ्ना विकास कार्यक्रमहरुको योजना बनाउन यो प्रकृया अपरिहार्य हुन आउँछ । यसले गाउँपालिका/नगरपालिका/वडाको समग्र् र वस्तुस्थिति झल्काउने हुनाले यसमा समेटिएको तथ्याङ्कका आधारमा बनाइने योजना बढि यथार्थपरक हुने अपेक्षा गरिन्छ । त्यस्तै, यसकै आधारमा गाउँपालिका/नगरपालिकामा खास अवधिमा कुन क्षेत्रमा कति प्रगति हासिल हुन सक्यो भन्ने कुरा पनि हेर्न सकिन्छ । यिनै आवश्यकतालाई सम्बोधन गर्ने ध्येयले वि.सं. २०६९ सालमा तथ्य तथ्याङ्क प्रकाशन प्रा.लि. दर्ता गरी तथ्याङ्क घर (Data Home) स्थापना भएको हो ।

डाटा होम परिवार


होमनाथ कट्टेल (किशोर)
कार्यकारी निर्देशक

विषय विज्ञहरू


सेवाहरू


सूचना तथा परामर्श सेवा

स्थानीय तहका प्रत्येक गाउँपालिका/नगरपालिका र वडाका लागि आवश्यकता अनुसारका नागरिक वडापत्र लगायतका ७ प्रकारका सूचना सामग्री तयार गर्ने र माग बमोजिम उपलव्ध गराउने हाम्रो पहिलो कार्यक्रम हो ।

गाउँपालिका/नगरपालिका/वडा नागरिक वडापत्र

काम, कर्तव्य र अधिकार

नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र विषयगत समितिहरुका काम, कर्तव्य र अधिकार ।

तथ्याङ्कमा हाम्रो ======== गाउँ/नगरपालिका

राष्ट्रिय सूचना

प्रादेशिक सूचना

गुगल म्याप (Google Map)

श्रव्यदृश्य प्रोफाइल रिपोर्ट सेवा

स्थानीय तहका लागि श्रव्यदृश्य प्रोफाइल रिपोर्ट बनाई न्युज २४ तथा अरनिको टेलिभिजन को दैनिक टेलिभिजन कार्यक्रम डेभलपमेन्ट फोरम र डाटा होम टेलिभिजन (युट्युव) मा प्रसारण गर्ने । जनप्रतिनिधिहरुको कार्यकाल समाप्त नहुँदै यो प्रक्रियालाई पुनर्ताजकी गर्ने हाम्रो दोस्रो कार्यक्रम हो ।

विषय विज्ञ सेवा

समग्र स्थानीय तहका साथै विशेष स्थान/क्षेत्र/सम्भावना अनुसारका विषय विज्ञद्वारा आवधिक योजना बनाउन सहयोग गर्ने ।

आधार रेखा सर्वेक्षण (Base Line Survey)

आधार रेखा सर्वेक्षण (Base Line Survey) तयार गर्न प्राविधिक सहयोग साथ वस्तुुगत विवरण (प्रोफाईल) उपलव्ध गराउने हाम्रो तेस्रो कार्यक्रम हो ।

आवधिक योजना तर्जुमा तथा विषय विज्ञ सेवा

स्थानीय तहका विकास निर्माण योजनाका लागि आवश्यक अन्य सबै प्रकारका विषय विज्ञहरुको सबै प्रकारका सेवा उपलव्ध गराउने ।

सूचना तथा परामर्श सेवा


प्रतिक्रिया


देशका प्रतिष्ठित व्यक्तिहरुबाट प्राप् शुभकामना


विस्तृत...
डाटाहोम टेलिभिजन

तस्विरहरु


सम्पर्क ठेगाना


हामीसँग सहकार्य गर्नका लागि सम्पर्क :

मध्यपुर थिमि-३, गठ्ठाघर, भक्तपुर, नेपाल

९७७-०१-६६३९६९८, ९७७-९८५१०३९९३८

datahomenepal@gmail.com

हाम्रा सेवाग्राहीहरु

हाम्रा सहकर्मीहरु