मुख्य सेवाहरू : तथ्य तथ्याङ्क प्रालिले डिजिटल समाचार पोर्टल ‘७६१ खबर डटकम’को पनि औपचारिक प्रशासण सुरु गरेको छ । यो समाचार पोर्टलले संघीय सरकारदेखि ७ वटा प्रदेश सरकार, ७५३ स्थानिय तह, तीनका ६ हजार ७ सय ४३ वडा गरी ७ हजार ५ सय ४ स्थानमा समाचार तथा गतिविधी प्रकाशन गर्नेछ । यसका साथै प्याकेज नं. १ : स्थानीय तहका प्रत्येक गाउँ वडाका लागि आवश्यकताका नागरिक वडापत्र लगायतका ७ प्रकारका सूचना सामग्री तयार गर्ने र माग बमोजिम उपलव्ध गराउने हाम्रो पहिलो कार्यक्रम हो । यो सेवाको नाम सूचना तथा परामर्श सेवा हुनेछ । प्याकेज नं. २ : स्थानीय तहका लागि श्रव्यदृश्य प्रोफाइल रिपोर्ट वनार्इ न्युज २४ टिभि को दैनिक टेलिभिजन कार्यक्रम डेव्लोप्मेन्ट फोरम र जुगल सामुदायिक टिभि मा प्रसारण गर्दै युट्युवमा राख्ने । जनप्रतिनिधिहरुको कार्यकाल समाप्त नहुँदै यो प्रक्रियालाई पुनर्ताजकी राख्ने हाम्रो दोस्रो कार्यक्रम हो । प्याकेज नं. ३ : आधार रेखा सर्वेक्षण (Baseline Survey) गरी वस्तुुगत विवरण (प्रोफाईल) तयार गर्न प्राविधिक सहयोग साथ वस्तुुगत विवरण (प्रोफाईल) उपलव्ध गराउने हाम्रो तेस्रो कार्यक्रम हो । यो सेवाको नाम- आधार रेखा सर्वेक्षण (Baseline Survey)हुनेछ । प्याकेज नं. ४ : समग्र स्थानीय तहका साथै विशेष स्थान, क्षेत्र, सम्भावना अनुसारका विषय विज्ञद्वारा आवधिक योजना बनाउन सहयोग गर्ने ।यो सेवाको नाम विषय विज्ञ सेवा हुेनेछ । प्याकेज नं. ५ : स्थानीय तहका लागि आवश्यक दर्ता- सिफारिसको सफ्टवेयर, मोवाइल एप्स, वेबसाईट र सूचना आदान–प्रदान गर्ने विधुतिय प्रणाली उपलब्ध गराउने हाम्रो पाचौं कार्यक्रम हो ।यो सेवाको नाम हाम्रो....... पालिका दर्ता-सिफारिसका प्रणली हुेनेछ । प्याकेज नं. ६ : स्थानीय तहका विकास निर्माण योजनाका लागि आवश्यक अन्य सवै प्रकारका विषय विज्ञहरुको सवै प्रकारका सेवा उपलव्ध गराउने । यो सेवाको नाम आवधिक योजना तर्जुमा तथा विषय विज्ञ सेवा हुेनेछ ।

भूमिका
सत्य र तथ्यपुर्ण सूचनाप्रति जनताको चासो सँधै रहन्छ । तथ्याङ्कमा पेश गरिएका प्रमाणलाई जोकसैले सहजै स्वीकार्छ । किनभने सत्य, तथ्य विश्वासको आधार हो । राज्य र स्थानीय निकायको सन्दर्भमा पनि यो वास्तविकता लागू हुन्छ । आफ्नो निकाय अनि त्यहाँ बसोबास गर्ने जनतासँग सम्बन्धित सूचना पारदर्शी तरिकाले लिने र दिने अभ्यासले राज्यलाई जिम्मेवार र परिपक्व सावित गर्छ ।
जनताको पहुँच र भरोषा रहने पहिलो निकाय स्थानीय तह हो । स्थानीय तहले जनताको विश्वास आर्जनका लागि निरन्तर विभिन्न अभियान सञ्चालन गरिरहेको हुन्छ । स्थानीय तहको दायित्व नागरिकलाई आवश्यक सूूचना दिनु हो भने सुचूचित हुुन पाउनुु नागरिकको संवैधानिक अधिकार पनि हो ।
मुलुक नयाँ संरचनामा प्रवेश गरिसकेको छ । नाम फेरिएका छन्, सिमाना बदलिएका छन् । आफ्नो क्षेत्रको परिचय बदल्नुपर्ने जिम्मेवारी अब निर्वाचित पदाधिकारीहरूको काँधमा छ । यसका लागि आफ्नो क्षेत्रसँग सम्बन्धित अद्यावधिक तथ्यतथ्याङ्क आफूसँग हुनु स्थानीय निकायका लागि अनिवार्य छ । अनि विगतका सूचनालाई संकलन गरेर मात्र पुग्दैन, सूचना बैज्ञानिक र व्यवस्थित ढंगले अद्यावधिक गर्नु, त्यसको विश्लेषण तथा वितरण गर्नु पनि उत्तिकै आवश्यक छ ।
भूगोल, जनसंख्या, विकास, शिक्षा, स्वास्थ्य, सुरक्षा लगायतका महत्वपूर्ण सूचना छरितो र सहज रुपमा एकै ठाउँमा भेटिए स्थानीयतहको कार्यकुशलतामा निकै अर्थपूर्ण र सकारात्मक प्रभाव पर्दछ । आमनागरिक तथा सरोकारवाला निकायहरूको अपेक्षा पनि यहि हो कि आफ्नो स्थानीय निकाय पारदर्शी बनोस् र चाहिएका बेला जनतासँग सम्बन्धित सम्पूर्ण सूचना सहजै प्राप्त होस् ।
यीनै सन्दर्भलाई आत्मसात गर्दै तथ्य तथ्याङ्क प्रकाशन प्रा.लि. ले विगत केही बर्षदेखि नेपालमै पहिलोपटक सम्पूर्ण सूचना एकै ठाउँमा हेर्न सकिने प्रणाली र तरिका विकास गरेको छ । हामीले परिवर्तित संघीय, प्रादेशिक तथा स्थानीय संरचनाअनुसारका परिमार्जित सूचना तथा जानकारी समेटिएका नक्साका साथै स्थानीय तहहरूका लागि अत्यावश्यक पर्ने नागरिक वडापत्र समेत विकास गरेका छौँ । र यस प्रकृयामा हामीले सम्बन्धित विषयक्षेत्रका राष्ट्रिय स्तरका ख्यातीप्राप्त विशेषज्ञहरूको संलग्नतालाई सुनिश्चित गरेका छौँ । यसरी हामीले तयार पारेका सूचना सामग्री हिजोआज थुप्रै सरकारी, गैरसरकारी तथा निजी संघसंस्थाहरुमा प्रयोग गरिएको देख्न सकिने अवस्था बनेको छ ।
यस परिप्रेक्ष्यमा, देशभरी रहेका सबै स्थानीय तहका कार्यालयहरूमा हामीले तयार पारेका सूचना बोर्ड र तथ्यतथ्याङ्कसँग सम्बन्धित अन्य जानकारीमूलक सामग्री राख्न सकिए स्थानीय तहका पदाधिकारी, कर्मचारी, आम सेवाग्राही, आगन्तुुक तथा सर्वसाधारण सबैको हितमा उपयोग हुनेमा विश्वास दिलाउँदै सहकार्यका लागि अनुरोध गर्दै यो प्रस्ताव पेश गरिएको छ ।

उद्देश्य
जसले सहि र तथ्य सूचनाका आधारमा बोल्छ, योजना बनाउँछ र अगाडि बढ्छ उसैप्रति आम नागरिकको विश्वास जाग्छ । त्यसैले हामीले दिने सेवाको एउटा उद्देश्य जनतामा स्थानीय तहप्रति विश्वास बढाउनु हुनेछ । यो प्रस्तावको दोस्रो उद्देश्य स्थानीय तहलाई थप पारदर्शी र जनमुखि बनाउन सहयोग गर्नु हो । स्थानीय तहबाट दिइने सेवालाई चुस्त र सहज पार्न मदत गर्नु हाम्रो तेस्रो उद्देश्य हो । अनि स्थानीय निकायले तर्जुमा र कार्यान्वयन गर्ने सम्पूर्ण योजना तथा कार्यक्रमलाई यथार्थपरक र जनतामुखी बनाउने प्रकृयामा योगदान पु¥याउनु हामीले दिने सेवाको पाँचौँ उद्देश्य रहेको छ । यसरी स्थानीय तहका आम सेवाग्राही, आगन्तुुक र आम नागरिकका लागि सूचनाको पहुँच सहज बढ्दै गएपछि स्थानीय निकायको प्रभावकारीता र क्षमतामा पनि क्रमशः प्रगति हुँदै जानेछ ।

डाटाहोमले सेवा उपलब्ध गराउने प्रकृया
डाटाहोमले कानुनसम्मत तरिकाको आवश्यक कोटेसन पेश गर्नेछ । आपसी छलफलका क्रममा कुनै पनि स्थानीय निकायले डाटाहोमबाट सेवा लिने निर्णयमा पुगेपछि डाटाहोम र उक्त स्थानीय निकायका प्रतिनिधिबीच एउटा सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । सम्झौतापत्रमा उल्लेख भएअनुसारको सेवा तथा सामग्री उत्पादनका लागि डाटाहोमले काम अघि बढाउनेछ । सामग्रीहरूलाई अन्तिम रूप दिनुअघि सम्बन्धित स्थानीय निकायले तोकेको प्रतिनिधिसँग परामर्श गरिनेछ । यसरी तयार भएका सामग्रीलाई लेमिनेशन तथा आल्मुनियम फ्रेमिङ गरि सम्बन्धित निकायमा पठाइनेछ ।